विश्वकप समूह [जी] मा बेल्जियम विजेता इङल्यान्ड उपविजेता प्रकाशित मिति : 29 June, 2018 5:28 am लनइनग्रा, / विश्व कपको समूह ‘जी’को खेलमा इङल्यान्डलाई १–० ले हराउँदै बेल्जियम विजेता बनेको छ । एडनन् यनुजाइकोले ५१ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेपछि बेल्जियम समूह चरणमा नजिता निकाल्न सफल भएको हो, समूह विजेता बेल्जियमले अब प्रिक्वार्टरफाइनलमा जापानसँग र उपविजेता इङ्ल्यान्डले कोलम्बियाको सामना गर्नेछ । समूह ‘एच’बाट कोलम्बिया समूह विजेता र जापान उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका थिए । समूह ‘जी’कै अर्को खेलमा ट्युनेसियाले पानामालाई २–१ ले हराएको थियो । यसअघि बेल्जियमले पानामालाई ३–० र ट्युनिसियालाई ५–२ ले हराएको थियो । ट्युनेसियालाई २–१ ले हराएको इङ्ल्यान्डले पानामालाई ६–१ ले हराएको थियो । समूह चरणको समाप्तीमा बेल्जियमको ९, इङ्ल्यान्डको ६, ट्युनेसियाको ३ अंक रह्यो भने पानामाले अंक जोड्न सकेन । एजेन्सी