गाडीका नाममा सरकारको खर्चे खर्चः १४ वर्षमा सकियो ५४ अर्ब प्रकाशित मिति : 27 June, 2018 7:44 am काठमाडौं / प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारीसम्मको गाडी मोह बारेको एक तथ्यांक बाहिरीएको छ । जसमा गाडी खरिद, इन्धन र मर्मतका नाममा १४ वर्षमा ५४ अर्ब रुपैयाँ खर्च भएको छ । २३ अर्ब १४ करोड खरिदमा खर्च भएको छ भने इन्धन खर्च १७ अर्ब ६६ करोड भएको छ । मर्मतमा पनि उत्तिकै खर्च छ । १४ वर्षको हिसाब हेर्ने हो भने मर्मत शीर्षकमा मात्रै १२ अर्ब ९१ करोड रुपैयाँ सकिएको छ । मनपरी गाडी खरिद गर्ने सरकारले अहिलेसम्म कतिवटा गाडी किन्यो, ती कहाँ कहाँ प्रयोग भइरहेका छन् भन्ने यकिन तथ्यांक छैन । भएकामध्ये कति चालू अवस्थामा छन् र कति नचल्ने अवस्थामा पुगे भन्नेबारे पनि सरकार बेखबर छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।