लण्डनमा रेलको ठक्करबाट तीनको मृत्यु प्रकाशित मिति : 18 June, 2018 7:16 pm लन्डन, बेलायत / लण्डनको दक्षिणी क्षेत्र लागबरोमा एक रेलको ठक्करबाट कम्तीमा तीन जनाको मृत्यु भएको बेलायती यातायात प्रहरीले सोमबार जनाएको छ । उक्त स्थानमा मृत शरीर भेटिएपछि स्थानीयद्वारा यातायात प्रहरीहरूलाई बोलाइएको थियो । मेरो समूहले अहिले रेलको ठक्करले मृत्यु भएका भनिएका मानिसको मृत्युबारे अनुसन्धान गरिरहेको छ, छिट्टै यसबारे सत्यतथ्य बाहिर ल्याइने छ, यातायात प्रहरीका अनुसन्धान अधिकारी ग्रे रिचार्डसनले भन्नुभयो । अधिकारीहरू अहिले मृतकको पहिचान र घटनाबारे जानकारी लिन घटनास्थलमा पुगिसकेका छन् । दुर्घटनाबारे छानवीन जारी रहेकाले शहरी क्षेत्रबाट बाहिरिने र शहरमा भित्रिने रेल सेवा केही समय अवरुद्ध हुनेछ । छानविन सकिँदा वित्तिकै सेवा सुचालु हुनेछ ।