ट्रक र माईक्रो ठोक्किदाँ चार जनाको मृत्यु, सात घाईते प्रकाशित मिति : 15 June, 2018 10:51 am चितवन, १ असार । पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चसम्लिङटार नजिकै नजिकै दुई ओटा सवारीका साधनहरु एक आपसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको भने ६ जना घाईते भएका छन् । काठमाण्डौबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ४०६४ नम्वरको ट्रक र पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ग १ ख ७६९२ नम्वरको माईक्रो बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा माईक्रो चालक कास्की रुपाकोट–८ बस्ने चन्द्र बहादुर केसी रहेको चितवन प्रहरीले जनाएको छ । यसै गरी आर्का एक महिला सहित दुई पुरुषको भने सनाखत हुन सकेको छैन । ३ जनाको घटना स्थलमै ज्यान गएको हो भने माईक्रोका चालकको उपचारका लागि लैजादैँ गर्दा ज्यान गएको हो । माईक्रो बसले टिकट नकाटेको र चलानी नभरेका कारण अन्यको सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय मुलिनले जनाएको छ । घाईते ६ जनाको अवस्था पनी गम्भिर रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई स्थानीय अस्पतालमा उपचार पछी थप उपचार गर्न चितवनको भरतपुरतर्फ लगिएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । हिरालाल गुरुङ