ट्रम्पको सन्देशले वासिङ्टनको यूरोपप्रतिको विश्वास ‘विगार्ने’ प्रकाशित मिति : 11 June, 2018 8:35 am फ्राङ्कफर्ट, जर्मनी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औद्योगिक राष्ट्रहरूको समूह जी–७ बारे आइतबार गरेको टवीटर सन्देश वासिङ्टनको यूरोपप्रतिको विश्वास विगार्ने खालको अभिव्यक्ति भएको जर्मनीले बताएको छ । एउटा ट्वीटले अमेरिका र यूरोपबीचको असाधारण विश्वासलाई छिट्टै तोड्न पनि सक्छ । त्यसैले यूरोपले एक भएर आफ्नो हितका लागि प्रतिवाद गर्नेछ, मासले आफ्नो ट्वीट सन्देशमा भन्ुभएको छ । “एकतावद्ध यूरोप पहिला अमेरिकाको प्रतिउत्तर हो ।” रासस/एएफपी