६ वर्षसम्म सुशान्तसँग ‘लिभ इन रिलेसन’मा रहेकी अंकिता व्यापारीसँग डेटमा


0
Shares

एजेन्सी / ६ वर्षसम्म कलाकार सुशान्तसँग लिभ इन रिलेसनमा रहेकी नायिका अकिंताले नयाँ प्रेमी पाएकी छिन्।

उनी अहिले मुंबईका व्यापारी विक्की जैनसँग डेटमा छिन्। पहिलो समय दुबैको सम्बन्ध बढ्दै गएको छ। उनी एक सेलिब्रेशन पार्टीमा पनि सँगै देखिएका छन्। उक्त पार्टीमा उनी दुबैको क्लोजनेस बेस्ट फ्रेण्डभन्दा बढी नै देखिएको थियो।

विक्की स्पोट्र्स रियलिटी एंटरटेनमेंट शो बक्स क्रिकेत लिग मुंबई टिमका को ओनर हुन्। अकिंता र सुशांतले सन् २००९ मा जीटीभी को शो पवित्र रिश्तामा मुख्य भूमिका निभाएका थिए। उक्त शो २००१४ सम्म चलेको थियो।

पवित्र रिश्तामा काम गरेपछि दुबै एकअर्कासम्म नजिकिएका थिए। त्यसपछि दुबै ६ वर्षसम्म लिभ इन रिलेसनमा रहे। त्यसपछि सन् २०१६ मा दुबैको ब्रेकअप भएको थियो। मार्च २०१६ मा सुशांतले घर छोडेका थिए। दुबैले ब्रेकअपको कारण फरक फरक बताएका थिए।


प्रतिक्रिया दिनुहोस्