इन्जिनियरसहित तीन पक्राउ प्रकाशित मिति : 2 June, 2018 9:02 pm विराटनगर, / विराटनगरको छ लेनको सडकको नाला निर्माणमा लापरबाही गरेको आरोपमा आज तीन जना प्राविधिक पक्राउमा परका छन् । फाइल तस्बिर विराटनगरको महेन्द्रचोकदेखि सडकको किनारमा निर्माण गरिएको नालामा कमसल सामान प्रयोग गरेको आरोपमा निर्माण कम्पनी भूमि कन्सट्रक्सनका इन्जिनियर रविराज पन्त, ओभरसियर विनय साह र सुपरभाइजर देवराज बराललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नगर प्रमुख भीम पराजुलीले नालाको अनुगमण गर्दा कमसल सामान प्रयोग गरेको पाइएपछि नगर प्रमुखकै आग्रहमा उनीलाई पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । रासस