कर्णालीलाई कम बजेट प्रकाशित मिति : 30 May, 2018 7:05 am सुर्खेत / कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले मंगलबार प्रस्तुत भएको बजेट अर्थतन्त्रको वास्तविक धरातलमा उभिएर बनेको टिप्पणी गरेका छन् । बजेटप्रति धारणा राख्दै मन्त्री ज्वालाले बजेटले स्वास्थ्य, उर्जा, शिक्षा, कृषिलाई बढी बजेट दिएर प्राथमिकतामा पारेकोमा खुशी प्रकट गरे । तर, कर्णाली प्रदेशलाई प्रदान गर्ने समानीकरण अनुदान भने केही कम भएको महसुस आफूले गरेको उनले बताए । आजको गोरखापत्रको अर्थ बजार पृष्ठमा यो समाचार छापिएको छ ।