चाँडै देश फर्कन्छुः राष्ट्रकवि घिमिरे प्रकाशित मिति : 28 May, 2018 4:31 pm राष्ट्रकवि माधवप्रसाद घिमिरेको बिसञ्चोको खबर ढिलै गरी फैलियो । सँगसँगै ‘राष्ट्रकविलाई सञ्चो छ, राष्ट्रकविलाई सञ्चो छैन’ भन्ने जस्ता विरोधाभासपूर्ण खबर प्रवाहित भइरहे । मेदान्त अस्पतालमा उपचाररत राष्ट्रकवि माधवप्रसाद घिमिरे । साथमा सोही अस्पतालमा कार्यरत नेपाली चिकित्सक किरण अधिकारी । भारतको हरियाणस्थित मेदान्त अस्पतालमा उपचाररत् राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएपछि आज उनलाई क्याविनमा सारिंदै छ । मेदान्त अस्पतालमा उपचाररत राष्ट्रकवि माधवप्रसाद घिमिरे । साथमा सोही अस्पतालमा कार्यरत नेपाली चिकित्सक किरण अधिकारी । अस्पतालको ‘हाई केयर युनिट’ मा भर्ना भई उपचार गराइरहेका घिमिरेलाई आजैदेखि क्याबिनमा सारिने उक्त अस्पतालमा कार्यरत डा किरण अधिकारीले जानकारी दिएका छन् । “उहाँको भाइटल साइनहरु सबै ठिक छ, आन्द्राको रक्तस्राव रोकिएको छ, आज क्याविनमा सारिन्छ,” डा अधिकारीले भने । उनका अनुसार राष्ट्रकवि घिमिरेलाई अहिले पनि अक्सिजनमा राखिएको छ । “यो उमेरमा अस्पतालमा अक्सिजन दिएर राख्नु सामान्य नै मान्नु पर्छ,” उनले भने । केही दिनसम्म निरन्तर स्वास्थ्य अवस्था अनुगमन गरेपछि मात्रै कहिले डिस्चार्ज गर्ने भन्ने थाहा हुने उनले जानकारी दिए । यद्यपि राष्ट्रकवि घिमिरले भने आफू चारपाँच दिनमै स्वदेश फर्कने भन्दै खुशी व्यक्त गरेका छन् । उच्चरक्तचाप लगायतका समस्या भएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरिएका घिमिरेको आन्द्राबाट भइरहेको रक्तस्राव नियन्त्रणमा नआएपछि अस्पतालले भारत लैजान सिफारिस गरेको थियो । उनलाई ९ जेठमा मेदान्त पुर्याइएको थियो ।