गजल, तिमी हराएपछि
हरि विवश
तिमी हराएपछि मेरो दुनियाँबाट
म हराएको हुँ आफ्नै हुलियाबाट
फलाम पनि कुनामा थन्क्याएपछि
हामीजस्तै हैरान हुँदो हो खियाबाट
सबथोक पाए पनि पाउने छैनौ तिमी
यदि बाआमा खोज्याँै भने रुपियाँबाट
बरु दुस्मनहरू चाहिन्छन् जिन्दगीमा
जोगिएर हिँड्नु मित्रहरू घटियाबाट
न धोका पाएको हुँ न त नपाएको हुँ
मैले प्रेरणा पाएको हुँ मेरी प्रियाबाट
सिम्ता गाउँपालिका–७, सुर्खेत
हाल: काठमाडौं