नेपाली टुरिजम वेवसाइट चिनियाँ भाषामा प्रकाशित मिति : 21 May, 2018 1:57 pm काठमाडौं / सरकारले चिनियाँ भाषामा नेपाल टुरिजम वेबसाइट सञ्चालनमा ल्याएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चीनका राजदुत यू होङले चिनियाँ भाषामा तयार पारिएको नेपाल टुरिजम वेबसाइटको सोमबार काठमाडौंमा एक उद्घाटन गरेका छन। फाइल तस्बिर मन्त्री अधिकारीले चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन सरकारले उच्च प्राथमिकता र पर्यटकहरुको गुणात्मक वृद्धि गर्न चिनियाँ भाषामै वेबसाइट सञ्चालन गरिएको बताए । उनले आगामी १० वर्षभित्र मुलुकको आर्थिक वृद्धिदरमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने सरकारको लक्ष्य पूरा गर्न पनि बताउनु भएको छ । मन्त्री अधिकारीले पर्यटन क्षेत्रनै मुलुकको आर्थिक समृद्धिको मूल आधार रहेको उल्लेख पनि गरे । उनले नेपालको आर्थिक विकासमा चीन सरकारले पुर्याउदै आएको योगदानको पनि खुलेर प्रशंसा गरे । कार्यक्रममा चीनका राजदुत यू होङले नेपाल राजनीतिक स्थायित्व र आर्थिक विकासको माध्यामबाट समृद्धिको दिशामा अघि बढेको पनि स्पष्ट पारिन् । राजदुत होङले नेपाल र चीनबीचको सम्बन्ध अझै घनिष्ट हुँदै जाने विश्वास पनि व्यक्त गरिन् ।