भारत र पाकिस्तानमा भूकम्प प्रकाशित मिति : 10 May, 2018 8:58 am नयाँदिल्ली, इस्लामावाद / भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महशुस गरिएको छ । फाइल तस्विर भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कास्मीरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्प गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भूकम्पपछि स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर खुल्ला ठाँउमा भेला भएका थिए । तर कुनै ठूलो क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको अधिकारीहरूले बेलुका बताएका छन् । त्यसैगरी पाकिस्तानमा गएको भूकम्प ६.४ म्याग्नीच्युडको मापन गरिएको छ । राजधानी इस्लामाबाददेखि अफगानिस्तानसँगको सीमा क्षेत्रसहित देशका विभिन्न ठाँउमा भूकम्पको महशुस गरिएको जनाइएको छ । भूकम्पका कारण राष्ट्रियसभाको बैठक पछाडि सारिएको थियो । पाकिस्तानमा पनि भूकम्पबाट कुनै मानवीय क्षति भएको विवरण भने नआएको अधिकारीहरूले बताएका छन् । रासस/सिन्ह्वा