नेपाल पत्रकार महासंघ प्रदेश ३ को अध्यक्षमा प्रताप विष्ट निर्वाचित

हेटौँडा, २२ वैशाख । नेपत्रकार महासंघ प्रदेश नम्बर ३ मा प्रताप विष्ट विजयी भएका छन् । आज प्रदेश नंबर ३ को १० जिल्लामा भएको निर्वाचनमा विष्टले गिरिजाप्रसाद अधिकारीलाई १ सय ८० मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचनमा विष्टले ४ सय ९१ मत प्राप्त गर्दा अधिकारीले ३ सय ११ मत प्राप्त गरे ।अध्यक्षमा निर्वाचित विष्टले चितवनमा १०२, मकवानपुरमा ४८, धादिङमा ७५, काभ्रेपलाञ्चोकमा ८९, रसुवामा १८, नुवाकोटमा २९, दोलखामा ४५, रामेछापमा ३०, सिन्धुलीमा १८ र सिन्धुपाल्चोकमा ३६ मत प्राप्त गरेका छन् । यस्तै अध्यक्षमा पराजित अधिकारीले चितवनमा ५२, मकवानपुरमा ५५, धादिङमा ३६, काभ्रेपलाञ्चोकमा ४२, रसुवामा २, नुवाकोटमा ३३, दोलखामा १९, रामेछापमा ६, सिन्धुलीमा २२ र सिन्धुपाल्चोकमा ४४ मत प्राप्त गरेका छन् ।

प्रदेश कार्यसमितिको निर्वाचन अन्तरगत प्रदेश ३ को दश वटै जिल्लामा आज मतदान भएको थियो ।


प्रतिक्रिया दिनुहोस्