विद्यार्थी संगठनले शैक्षिक प्रमाणपत्र धितो राखी ऋण उपलब्ध गराउन माग प्रकाशित मिति : 29 April, 2018 8:23 pm काठमाडौँ, / शैक्षिक प्रमाणपत्र धितो राखेर निब्र्याजी ऋण उपलब्ध गराउन माग राख्दै संयुक्त विद्यार्थी संगठनले अर्थमन्त्री डा . युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् । फाइल तस्बिर शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने व्यवस्था यसअघि नै भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा खतिवडाले विद्यार्थी संगठनको माग सम्बोधन गर्न आफू र वर्तमान सरकार तयार रहेको बताउनुभयो । ज्ञापनपत्र बुझाउन पुगेका अनेरास्ववियू (क्रान्तिकारी)का महासचिव उत्तम अधिकारीले आर्थिक वर्ष २०७५/७६ को बजेट निर्माणको तयारी भइरहेको बेला शैक्षिक प्रमाणपत्र धितोमा राखी निब्र्याजी ऋण उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिनुभयो । ज्ञापनपत्र बुझाउन अनेरास्ववियू, नेपाल विद्यार्थी संगठन, अखिल (क्रान्तिकारी) लगायत विद्यार्थी संगठनका नेता मन्त्रालय पुग्नुभएको थियो । रासस