यसरि बढ्दै छ दिनहुँ दिन सुनको मूल्य
काठमाडौं / बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सयले बढेको छ । बुधबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार बढेर सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, बजारमा चाँदीको मूल्य बीस रुपैयाँले बढेको छ । बुधबार बजारमा चाँदीको मूल्य ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार चाँदीको मूल्य ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।