आज तपाईंलाई किन्ने नेताले भोलि तपाईंलाई नबेच्ला भन्न सकिन्न


एलिना दियाली

ताप्लेजुङ । स्थानीय निकायको दोस्रो पटकको चुनाव संघार मै छ । गाउँ देखि सहरसम्म चुनावको लहर नै चलेको छ । टिकटक देखि ट्विटर र ईनष्ट्रासम्म चुनावी प्रचारका सामाग्री भेटिन्छन् ।
२०७४ को चुनावमा मोरङमा भएकोले मैले उत्त चुनावलाई नजिकै बाट नियालेको थिए । यस पटक विविध कारणले आफ्नै गृह जिल्ला तापलेजुङमा छु । आफ्नै जिल्लाको चुनावी माहोललाई नजिकबाट नियाली रहेको छु । चुनावी अभियान सहरि भु–भागमा डिजिटल र फिजिकल दुबै सम्भव भएको छ । भने ग्रामिण भेगमा डिजिटल त परको कुरा फिजिकल रुपमा प्रचार गर्न पनि उम्मेदवारलाई सकस भएको छ । परिवर्तका निम्ति युवालाई मत दिएर विजयी गराउनु पर्ने एक थरिको कुरा छ । अर्को तर्फ कुनै ज्ञान र क्षमता नभएको उमेरले मात्रै युवा भएकालाई मत दिन नहुने तर्क बौदिक सर्कलमा छ । टिका गुरुङको उत्कृष्ट नेतृत्व पाएको ताप्लेजुङ कै सिरिजङघा गाउँपालिका भने देशै भर चर्चामा रह्यो । तर गुरुङ २०÷३० वर्षका युवा भने थिएनन् । यो दृष्टान्त नियाल्दा परिवर्तन उमेर भन्दा पनि स्पष्ट योजना र बौद्धिक क्षमता र पारदर्शिताले सम्भब हुने आंकलन सहज रुपमा गर्न सकिन्छ । भलै उमेरले युवा भएकामा केहि जोश र जाँगर ज्यादा होला तर अनुभबका खानी चै ज्येष्ठ हुन्छन् नै । यस अवस्थामा राजनीतिमा ज्येष्ठको सम्मान साथै उनिहरुको अनुभब र सल्लाह लिँदै स्पष्ट कार्ययोजना,बौद्धिक क्षमता भएको साथै सबै क्षेत्र र वर्गसँग समन्वय गर्न सक्ने क्षमतावान र जुझारु युवा नेतृत्वको आवश्यकता छ भन्ने लाग्छ । राजनीतिमा युवाको वितिष्णा भईरहेको अवस्थामा परिवर्तनका निम्ति युवाको आवश्यकता भन्दै देशै भर गत निर्वाचनमा भन्दा यस निर्वाचनमा उम्मेदवारी दिनेको युवाको जमात निकै छ ।

मानिसले सामाजिक संजालमा पोस्ट गरेका विचारहरु हेर्दा लाग्छ सबैको सोच परिवर्तन भईसक्यो । सबै बौद्धिक छन् । अब समाजले देशले काँचुली फेर्ला । तर यथार्थमा उनिहरुको काम गराई र व्यवहार हेर्दा ति सामाजिक संजालका विचारहरु फिक्का लाग्ने गर्छ । सरकारले आचारसंहितामा कडाई गरे सँगै गत निर्वाचन भन्दा यस पटकको निर्वाचनमा प्रचारप्रसारको तरिकामा केहि परिवर्तन भएको देख्न सकिन्छ । सँधै सडक, विजुलीको पोल साथै सार्वजनिक स्थलमा यत्रतत्र सर्वत्र उम्मेदवारका पर्चा र पमप्लेट भरि भराउ हुन्थ्यो । यस पटक भने सडक पोलहरु सफा र सुन्दर देखिएका छन् । तर गाउँ गाउँमा मतदाता किनबेच को खेल चै गज्जब नै भएको छ । अनेकन प्रलोभनमा पार्ने, चुनाव लक्षित सम्मान र राहत, खानाका अनेकन प्रकार सहितको भोजको आयोजना गरेको देखिन्छ । मतदातालाई स्पष्ट बिचार साथै उत्कृष्ट योजना भएका उम्मेदवारले यो निर्वाचनमा पनि सदाको झँ पराजय भोग्ने बाध्यात्मक स्थिती देखिन्छ । जति सामाजिक संजालमा बौद्धिकता झल्किए पनि यथार्थमा भने स्थानीय पैसाको मोहमा फसेको देखिन्छ । आफ्ना कार्य योजना प्रस्तुत गर्नुको सट्टा विपक्षी दलको उम्मेदवारको अनर्गल प्रचार गर्न समूह बनाएर खटाउने । चुनावी साभाका भाषणमा पनि आफ्नो प्रतिस्पर्धि उम्मेदवारको विरुद्धमा बोल्दा बोल्दै एक घन्टा भन्दा ज्यादा समय खर्च गरेको देखिन्छ । यी यावत कुराहरूलाई हेर्दा फेरि परिवर्तनका नारा लगाए पनि नेतृत्वमा उहीँ टेष्टेड फेल्लर व्यक्तिको हातमा पुग्ने आंकल गर्न सकिन्छ ।

आशा लाग्दा युवाहरु समूह बनाएर पैसालो बार्गेनिङमा खटीएको देख्दा लाजलाई पनि सरम हुन्छ होला । अहिले पैसाको बार्गेनिङ गर्ने । मासु भात र भोज भत्तेर सहितको अनेकन तामझाम चाहाने । खर्च गर्न बाध्य बनाउने युवा सहितका हामी मतदातालाई भोलि भ्रष्टाचार भयो भन्ने छुट छैन । आज उस्ले रिण गरेर लिएको चुनावी खर्च भोलि नेतृत्वमा पुग्दा तिर्नलाई करप्सन नगरेर के गरोस ? आज तपाईंलाई किन्ने नेताले भोलि तपाईंलाई नबेच्ला भन्न सकिन्न । आफै परिवर्तन र विकासका कुरा गर्ने अनि नेता सङ्ग पैसा लिने र भोट गर्ने प्रवृतिको अन्त्य गर्न जरुरी छ । जाँड र रक्सिको नसामा नेता सँग पैसाको बार्गेनिङ गर्नुको साटो उम्मेदवारका घोषणापत्रको अध्ययन, उस्को बिगतको कार्य सम्पादन, बौद्धिक क्षमता साथै उस्को चरीत्र हेरेर मतदान गरौं । ताकी आफुले लाएको मतले भोलि आफैले पश्चाताप गर्न नपरोस ।


प्रतिक्रिया दिनुहोस्