बेरुजु बढ्यो, ५ खर्ब ५ अर्ब अनियमित खर्च

काठमाडौं / प्रचलित कानुन उल्लंघन गरी मुलुकको ढुकुटीबाट भएको अनियमित खर्चको रकम ५ खर्ब ५ अर्ब रुपैयाँ पुगेको समाचार कान्तिपुरले मुख्य समाचार बनाएर छापेको छ । गत वर्ष २०७३र७४ सम्मको बेरुजु रकम ३ खर्ब ९६ अर्ब रुपैयाँ थियो । महालेखा परीक्षक कार्यालय स्रोतलाई उद्धृत गर्दै कान्तिपुर लेख्छ  (यो वर्ष १ खर्ब ९ अर्ब रुपैयाँले बेरुजु रकम वृद्धि भएको छ । यस पटक स्थानीय तह (गाउँ र नगरपालिका)को बेरुजुसमेत लेखापरीक्षण मूल प्रतिवेदनमा समावेश भएकाले बढेको हो ।

लेखा परीक्षण वर्ष २०७३र७४ को बजेट १० खर्ब ४८ अर्ब रुपैयाँ थियो । लेखापरीक्षणबाट हेर्दा कुल बजेटको झण्डै आधा हिस्सा रकम बेरुजु देखिएको हो । बेरुजुको यो आकार एकै वर्षको भने होइन ।


प्रतिक्रिया दिनुहोस्