आक्रमणपछि अपहरित १६ प्रहरी माओवादीले खर्चसहित फिर्ता गरेको दिन प्रकाशित मिति : 13 February, 2020 6:38 pm जुम्ला – जुम्ला आक्रमणपछि सम्पर्कमा नआएका १८ जना प्रहरी मध्ये १६ जना प्रहरीलाई माओवादीले कालीकोटको ताम्ती हँुदै जाजरकोटको ढिमे गाविस सामाकोटमा पुर्याई एक कार्यक्रम आयोजना गरी २०५९ मंसिर ५ गते ८ दिन पछि बाटो खर्च समेत दिई साँझ ५ बजे जागीर छाडने सर्तमा मुक्त गरिदिएका थिए । मुक्त भएपछि २ दिन पैदल हिडेर सल्यानको सल्ली बजार आइ बस चढेर सल्यानको छिन्चु इलका प्रहरी कार्यालयमा मंसिर ९ गते सम्पर्कमा आईपुगेका थिए । माओवादीले १८ जना अपहरण गरेर लगेको भएपनि २९ गते विहान १० बजे सदरमुकाम खलंगा डेढ कोस टाढा महत गाविसको मिँचा गाँउमा सुरक्षा फौजले आक्रमण गरेपछि प्रहरी हवल्दार शिवबहादुर महतारा र प्रहरी जवान तुल्सी महरा हराएको कुरा मुक्त भएका प्रहरी नायव निरीक्षक जयबहादुर धामीले जानकारी गराएका थिए । अपहरित प्रहरीलाई कालिकोटको तान्ती क्षेत्रको बाटोबाट जुम्ला र जाजरकोटको सिमामा पर्ने ढिमेमा पुर्याएर छोडेका थिए । कालिकोटको तान्ती क्षेत्रमा माओवादीको खोजतलास गर्दै गरेको सेना र माओवादी बीच झण्डै जम्काभेट भएको थियो । दोहोरो भिडन्ड भएको रातभर माओवादीले मानसिक यातना दिएपनि त्यसपछिका दिन राम्रो व्यवहार गरेको मुक्त भएका प्रहरीको भनार्ई थियो । माओवादीले प्रहरी जागीर छाड्न र माओवादीविरुद्द हतियार नउठाउन चेतावनी दिएर छाडेका थिए । पुन युद्द मोर्चामा भेट नहोस गोलीले चिनेको मान्छे भन्दैन,चिनेको मान्छे भनेर हामीले छोड्न पनि मिल्दैन भनेका रहेछन कमाण्डरले । लगातार हिउँमा हिडदा अधिकंस प्रहरीको खुटटा हिउँले खाएको थियो । प्रनानी फन बहादुर केसीको खुट्टा त पुरै घाइते भएकोले जाजरकोटको झाप्रदेखि सल्यान सल्ली बजार सम्म घोडामा ल्याउनु परेको थियो । जुम्ला आक्रमणको लागि जाजरकोट लगायत अन्य जिल्लाबाट लगिएका थुप्रै निर्देष जनताको जुम्ली लेकमा पुरिएर मृत्यु भएको कुरा मुक्त भएका प्रहरीले बताएका थिए । जाजरकोट ढिमेमा माओवादी कमाण्डर कालीबहादुर मल्लले जेनेभा सन्धिको आधारमा मुक्त गरेको घोषणा गरेका थिए । बन्धक प्रहरीको सोधखोज गरी घरको दूरीको आधारमा जनही ८०० देखि १५०० रुपैयाँ सम्म खर्च दिएका रहेछन् । कार्ति २६ गतेनै कर्णली प्रदेशमा हिँउ परेकोले लेक र पाटन हिँउले भरिएको थियो । माअोवादीहरु लेकैलेक भागेको जाजरकोटबाट मुक्त भएका प्रहरीहरुको भनाई थियो । हिँउमाथी बस्न सेना पनि त्यतिनै स्रोत साधन सम्पन्न हुनुपर्ने हुन्छ । स्रोत : गौरी बहादुर कार्कीद्धारा लिखित जनयुद्दको सेरेफेरो पुस्तकबाट