ताप्लेजुङ्ग समाजले नेपालकै ठुलो हाइकिङ्ग कार्यक्रम गर्दै

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उदेश्य सहित ताप्लेजुङ्ग समाज नेपालले बृहत हाइकिङ्ग कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो फागुन १७ गते शनिबारका दिन २ हजार भन्दा बढिको उपस्थितीमा कार्यक्रम सम्पन्न गर्ने भएको हो।

कार्यक्रमलाई व्यवस्थित गर्न समाजका उपाध्यक्ष रमेश बरालको संयोजकत्वमा सात सदस्यीय मूल व्यवस्थापन समिति बनाएको छ । जसमा सहसंयोजक युवराज गुरुङ, इन्द्रबहादुर शेर्पा, टिकाराम गुरुङ, तारादेवी लिम्बु, अग्नि पौडेल साथै सदस्य सचिवमा चैतन्य तुम्बाहाङफे रहेका छन् । त्यस्तै १३ वटा उपसमिति बनाउँदै समाजले हाइकिङ्गको पूर्ण तयारी गरेको छ ।

युवराज गुरुङको नेतृत्वमा संघसंस्था समन्वय उपसमिति, योगेन्द्र नेयोङको नेतृत्वमा आर्थिक व्यबस्थापन उपसमिति, साँस्कृतिक व्यबस्थापनमा याङ्गजोम शेर्पा, प्रचारप्रसारमा लोकेश लिबाङ , खानपिन व्यबस्थापनमा हरि थापा, टीसर्ट वितरणमा देउमान बिष्ट, सरसफाई संयोजन उपसमितिमा मिङ्गमा कामी शेर्पा, पर्यटन व्याबसायीसँग सम्बन्धित संघ संस्था संयोजनमा संगम शेर्पा , स्वयंसेवक व्यबस्थापनमा मान थलङ्ग ,नामावली दर्ता व्यबस्थापनमा तिलप्रसाद लिम्बु रहेका छन् ।

यस्तै प्राथमिक उपचार व्यबस्थापनमा टिकाराम गुरुङ, एम्बुलेन्स व्यबस्थापनमा इन्द्रबहादुर शेर्पा ,महिला सहभागी संयोजन समितिमा तारादेवी लिम्बु साथै माननीय पासाङ्ग शेर्पाको नेतृत्वमा अनुगमन बिशेष समिति बनाउँदै विभिन्न जिम्मेवारी बाँडफाँड गरेको समितिका संयोजक रमेश बरालले बताएका छन्। कार्यक्रममा विभिन्न राजनीतिक दलका बिशिष्ठ नेताहरु, सम्बन्धित क्षेत्रका सांसदहरु, ,विभागीय प्रमुखहरु, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु, सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरु ,पर्यटन व्याबसायीहरु, कलाकार, पत्रकार, बिदेशी पर्यटकहरु, जिल्लाका विशिष्ट व्यक्तिहरु ,बिविध पेशाकर्मीहरु साथै आम जिल्लाबासीहरुको सहभागिता रहनेछ।

भ्रमण बर्षको अवसर पारेर नेपाल घुम्न आएका १०० जना भन्दा बढि बिदेशी पर्यटकलाई भ्रमण बर्ष २०२० सचिबालयसँगको सहकार्यमा बिशेष सम्मान साथै हाइकिङ्गमा सहभागी गराउने समितिका सदस्य सचिब चैतन्य तुम्बाहाम्फेले बताउनु भयो । बिहान ७ बजे सुरु हुने कार्यक्रम बुढानिलकण्ठस्थित तपेस रिसोर्टबाट सुरु भई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मुहानपोखरी, नागी, गुम्वा, तारेभिर हुँदै १५ कि।मिको बाटो तय गर्दै नारायण डाँडाँमा रहेको अल्टिमेट भेन्यु रिसोर्ट पुगी खानपान साथै बिबिध साँस्कृतिक कार्यक्रममा परिणत हुने कार्यक्रमका संयोजक रमेश बरालले जानकारी दिनुभयो ।

पदयात्रामा सहभागी जेष्ठ नागरिकहरुलाई समापन कार्यक्रममा दोसल्ला ओडाइ सम्मान गरिने र बालबालिकालाई पनि अनुगमन बिशेष समितिको सिफारिसमा प्रोत्साहन उपहार प्रदान गरिने पनि तुम्बाहाम्फेले जानकारी दिनुभयो।

हाइकिङ्ग यात्राका क्रममा कुनै प्रकारका हातहतियार प्रज्वलशिल पदार्थ बोक्न निषेध साथै यात्रा क्षेत्र दुर्लभ बन्यजन्तुको वासस्थान भएका कारण अधिक होहल्ला नगर्न पनि समाजले सम्पूर्णमा आग्रह गरेको छ।

तीजको अवसरमा ताप्लेजुङ समाजले ६५ बर्ष माथिका आमाहरुलाई सम्मान गर्ने

काठमाडौं ३१ साउन र नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा ताप्लेजुङ समाज नेपालले आमा सम्मान तथा तीज कार्यक्रम गर्ने भएको छ । काठमाडौंको धुम्वाराही स्थित एस आर क्याटरिङमा २०७६ भदौ ७ गतेका दिन एक कार्यक्रमका बीच आमा सम्मान तथा तीज कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रममा ताप्लेजुङबाट काठमाडौं आई बसोबास गर्ने ६५ वर्ष माथिका आमाहरुलाई सम्मान गरिने आमा सम्मान तथा तीज कार्यक्रमका संयोजक तारा श्रेङ मादेनले जानकारी दिएकी छिन् ।

१५ सय भन्दा बढि ताप्लेजुङबासी तथा गैर ताप्लेजुङबासीहरुको उपस्थितीमा बिभिन्न जातीका परम्परागत नाचगानसहित कार्यक्रम भब्य रुपले सम्पन्न गर्ने तयारी रहेको संयोजक मादेनले बताईन् ।

नेपालकै सर्वाधिक संख्यामा रक्तदान गर्ने संस्थामा ताप्लेजुङ समाज दोस्रो स्थानमा

काठमाडौं ३१ जेठ र ताप्लेजुङ समाज नेपालले यस वर्षको सर्वाधिक संख्यामा रक्तदान गर्ने संस्थामा दोस्रो स्थान हात पार्न सफल भएको छ ।

शुक्रबार ब्लड डोनर एसोसिएन अफ नेपालले विश्व रक्तदान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा यस वर्ष रक्तदान गर्ने १५ सय बढि संस्थाहरुलाई पछि पार्दे ताप्लेजुङ समाज नेपालले दास्रो स्थान हात पार्न सफल भएको हो ।

कार्यक्रमको प्रमुख अतिथी स्वस्थ्य तथा जनसख्या राज्यमन्त्री डा सुरेन्द्र कुमार यादवले समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाङफे र महासचिव अग्नि पौडेललाई सिल्भर, रनिङ सिल्ड र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए । ताप्लेजुङ समाज नेपालले यस वर्षको सर्वाधिक धेरै सख्यामा रक्तदान गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको भएपनि दोस्रो स्थानमा चित बुझाउनु परेको र अर्को वर्ष प्रथम नै हुने रकतदान कार्यक्रमका संयोजक रमेश बरालले बताए ।

ताप्लेजुङ समाज नेपालले आफ्नो स्थापनाकालमै वृहत रक्तदान कार्यक्रम लगायत अन्य धेरै महत्वपुर्ण कार्यहरु पनि गरिसकेको र केही प्रक्रियामै रहेको समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाङफेले जानकारी दिए ।

ताप्लेजुङ समाजको रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं – नयाँ बर्षको अवसरमा ताप्लेजुङ समाज नेपाल र घुन्सा फाउण्डेसनले बृहत रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यका साथ सम्पन्न गरेको छ। प्रदेश नम्बर एकको मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा शनिबार धुम्वाराहीको एस आर पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो।

त्यसैगरि अतिथी नेकपाका केन्द्रिय सदस्य तथा पुर्व सांसद पासाङ शेर्पा, पुर्व सांसद डम्बरध्वज तुम्बाहाङ्फे र पुर्व सांसद भुपेन्द्र थेबे,लगायत अन्य धेरै बिशिष्ट ब्यातित्वहरुको बाक्लो उपस्थिती रहेको थियो।

प्रमुख अतिथी शेरधन राईले ताप्लेजुङ समाज नेपालले प्रदेश नम्बर एकको समग्र विकास र उन्नतीको यात्रामा अलग्गै पहिचान बोकेर देशलाई योगदान गर्न भुमिका खेल्ने विस्वास ब्यक्त गरे। साथै प्रदेश नम्बर एकको समग्र विकास र समृद्धमिा सबै जिल्लाहरुले ताप्लेजुङ समाज नेपाल जस्तो संस्था स्थापना गर्न आस्वयक रहेको बताए।

ताप्लेजुङ समाज नेपाल बिशेष गरि ताप्लेजुङबाट काठमाडौं आएर बिभिन्न पेशा ब्यावसायमा आवद्ध भई बसोबास गर्ने आम ताप्लेजुङवासीहरुको बिशुद्ध साझा र स्वतन्त्र संस्थाको रुपमा स्थापना भएको र यस संस्थाले आपनो स्थापनाकालसंगै आम ताप्लेजुङवासीहरुको हितको निम्ती बिभिन्न महत्वपूर्ण कामहरु गर्दैै आएको र अन्य योजनाहरु अगाडी बढाईरहेको र त्यसैको निरन्तरतामा यो कार्यक्रम पनि आयोजना गरिएको संस्थाका अध्यक्ष डम्बर बहादुर तुम्बाहाफेले बताए।

विहान ११ वजेबाट सुरु भई बेलुका ५ बजे सम्म चलेकोे रक्तदान कार्यक्रममा २७७ जनाले रक्तदान गरेका थिए। एकै दिनमा यति धेरैको सख्यामा एकैपटक रक्तदान भएको नेपालको सम्भवत पहिलो कार्यक्रम भएको आयोजकले दावी गरेका छन्।

कार्यक्रम हजारौं जिल्लावासीहरको उपस्थितीमा सम्पन्न भएको हो। कार्यक्रमलाई ब्यावस्थित र भव्य बनाउन गाँउपालिका र एक नगरपालिकाको छुटटा छुटै स्टलहरु राखिएको थियो। रक्तदान सगै वृहत सांगितिक कार्यक्रम पनि सम्पन्न भएको छ।

स्थानिय कलाकारदेखि राष्टिय्र स्तरका ख्याती प्राप्त कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो। पहिलो नेपाली तारा दिपक लिम्बु, डम्बर नेपाली अहिलेको चर्चित हाँस्य कलकार उमेश राई फुलन्देको आमा,मौसम इम्बु फुलन्देको बाउले दर्शकशरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए।

औपचारिक कार्यक्रमको सञ्चालन ताप्लेजुङ समाजका महासचिव महासचिव अग्नि पौडेलले गरेका थिए भने अनौपचारिक कार्यक्रमको सञ्चालन ताप्लेजुङ समाजका उप महासचिव याङजोम शेर्पाले गरेका थिए। वृहत रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रमसंगै सस्थाको सदस्यता वितरण, क्यालेण्डर वितरण पनि गरिएको थियो।

ताप्लेजुङ समाज नेपालले ७५ जना जेहेन्दार विद्यार्थीलाई छात्रबृती प्रदान गर्दै

काठमाडौं १४ बैशाख र ताप्लेजुङ समाज नेपालले ताप्लेजुङको ७५ जना जेहेन्दार विद्यार्थीलाई छात्रबृती प्रदान गर्ने भएको छ । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पस र सिनाम बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तह र स्नतकोत्तर तहका ७५ जना जेहेन्दार बिध्यार्थीहरुलाइ एक बर्षभरीको क्याम्पस शुल्क र भर्ना शुल्क बापत लाग्ने सम्पुर्ण रकमको छात्रबृती बितरण गर्ने भएको हो ।

छात्रबृति रकम करीब ७९ जना स्पोन्सरहरुले प्रत्याभुत कार्यक्रम ९स्पोन्सरसिप० बिधीबाट एकै पटक यतीका ठुलो संख्यामा बिध्यार्थीहरुलाइ बितरण गरिएको ताप्लेजुङ समाज नेपालका उपाध्यक्ष तथा पाथीभरा शैक्षिक अक्षयकोष अभियानको संयोजक इन्द्र शेर्पाले जानकारी दिएका छन । छात्रबृती बितरणको लागि क्याम्पस प्रशासन, क्याम्पस ब्यवस्थपन संघ, प्राध्यापक संघ समेतका निकायहरुलाइ ताप्लेजुङ समाज नेपालले समन्वयको सम्पुर्ण कार्य लिखित रुपमा पुरा गरी सकेको छ ।

अभियानको सम्पुर्ण संयोजन ताप्लेजुङ समाज नेपालको ५ मुख्य अभियान अन्र्तगत पाथीभरा शैक्षिक अक्षयकोष अभियानको संयोजक इन्द्र शेर्पा र सदस्य सचिव हरी थलङले गरी रहनु भएको छ भने आज बसेको स्पोन्सरहरुको बैठकले क्याम्पसहरुसंग समन्वय गर्ने काम समाजको उपाध्यक्ष रमेश बराल र युवराज गुरुङले गर्ने गरी निर्णय गरेको छ ।

बैठकमा समाजका पदाधिकारीहरु सहित पुर्व मन्त्री मणी लामा, क्याम्पस ब्यवस्थापन समितिको सदस्यहरु शिला इजम र छिरिङ लामाको समेत सहभागिता


प्रतिक्रिया दिनुहोस्