एकै पटक चार बच्चाको जन्म

पोखरा । एक महिलाले एकै पटकमा चारजना बच्चालाई जन्म दिएकी छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि २६ वर्षीया सुनिता पौडल प्रधानले बिहीबार बिहान चार सन्तानलाई जन्म दिएकी हुन् ।

उनले जन्माएका सन्तानमा पहिलो छोरी १.६ किलो तौल, दोस्रो छोरा १.३ किलो तौल, तेस्रो छोरी १.३ किलो तौल र चौथो छोरी १.४ किलो तौलका रहेका छन् ।

तौल कम भएकाले चारै नवजात शिशुलाई सघन कक्षमा राखिएको छ । शल्यक्रियामार्फत सुनिताले सबै सन्तानलाई सकुशल जन्म दिएकी हुन् । हाल आमा र बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्