ताप्लेजुङ समाज नेपालको प्रथम साधारणसभा सम्पन्न काठमाडौं १९,पौष / ताप्लेजुङ्ग समाज नेपालको प्रथम बार्षिक साधारणसभा तथा स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ। आज शनिबार काठमाडौंको धुम्बाराही स्थित एस आर पार्टी प्यालेसमा बिभिन्न कार्यक्रमका विच डम्बर बहादुर तुम्बाहाङफेको अध्यक्षतामा १११ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मतले चयन गर्दै सम्पन्न भएको हो । तुम्बाहाङफेको अध्यक्षतामा भएको कार्यक्रममा अन्य संघ सस्थाहरुले गर्ने निरन्तर कार्यक्रम भन्दा फरक ढंगबाट उदघाटन गरिएको थियो । उदघाटनमा समारोहमा प्रमुख अतिथीको रुपमा पाँच जना कन्याहरुले (पञ्कन्या) दिप प्रज्वलन गरि उदघाटन गरेका छन् । कार्यक्रममा समाजका उपाध्यक्ष रमेश बरालले स्वागत मन्तव्य राख्नुभयो । त्यसैगरि नयाँ कार्यसमितीको उपाध्यक्षमा, रमेश बराल,युवराज गुरुङ ,तारादेवी लिम्बु,इन्द्र ब.शेर्पा र टिका गुरुङ , महासचिवमा अग्नि पौडेल उपमहासचिवमा चैतन्य तुम्बाहाङफे,याङजोम शेर्पा तिल प्रसाद लिम्बु,हरिप्रसाद थापा,देउमान विष्ट ,सचिवमा प्रेम गुरुङ गुरु प्रसाद खतिवडा,प्रकाश इवारम,खगेन्द्र राई,छत्र ब. कार्की , मान ब. थलङ ,मिङमादोची शेर्पा, पेम्बा शेर्पा (संगम ) पासाङ शेर्पा’, मिङमाकामी शेर्पा र मलिषा यक्सो, कोषध्यक्षमा योगेन्द्र नेयोङ सहकोषध्यक्षमा सुजता पन्धाक,तपनराज भण्डारी सलमान थलङ सहित वडा प्रतनिधी ६१ जना,महिलाबाट १२ जना खुल्ला ११ जना गरि जम्मा १११ जनाको कार्यसमिती सर्वसम्मतले निर्वाचित भएका छन् । साधारणसभाले महासचिव अग्नि पौडेलले पेस गरेको आ.व. ७५ र७६ को कार्यप्रगति तथा सांगठानिक प्रतिबेदन तथा कोषाध्यक्ष योगेन्द्र नेयोङले पेस गरेका आर्थिक प्रतिवेदन हलबाट सर्वसम्मत रुपमा पारित गरेको छ । कोषाध्यक्ष योगेन्द्र नेयोङले पेस गरेको आर्थिक प्रतिवेदनमा आय तर्फ २९,४६१२६ ।– ब्याय तर्फ २७८२३२१ ।– रहेको र नाफा तर्फ १,६३,८०५ ।– रहेको थियो । बार्षिक साधारणसभाको बन्दसत्रको लागि समाजका सल्लाहकार परिषद सचिव माननीय पासाङ शेर्पाको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरेको थियो । कार्यक्रममा पूर्व मन्त्री मणी लामा,नेकपाका केन्द्रीय सदस्य तिलकुमार मेन्यङबो,पाथीभरा क्याम्पसका पूर्व संस्थापक अध्यक्ष ध्रुवनारायण श्रेष्ठ नेकपा नेता मातृका भट्टराई काग्रस नेता छविलाल गुरुङले शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरि कार्यक्रममा सांसद डम्बर ध्वज तुम्बाहाङफे,सांसद भुपेन्द्र थेबे डिआईजी चन्द्र प्रकाश गौतम लगायत जिल्लाका अग्रज व्यत्ति व्यत्तित्वहरुको बाग्लो उपस्थिती रहेको थियो ।