नभन्ने ती शब्द बाण भनौं जस्तै लाग्छ : गजल D.B.सर्वश्रेष्ठ

नभन्ने ती शब्द बाण भनौं जस्तै लाग्छ
कहिले काँही हरामी म बनौं जस्तै लाग्छ,

जन्मिएको माटो माथि उस्को हैकम देख्दा
माछी मार्ने जालो भित्र पारौं जस्तै लाग्छ,

बिदेशीको जुठो चाट्ने भत्तुवा बानी देख्दा
त्यो पापिलाइ सडकैमा झारौ जस्तै लाग्छ ,

अभिसाब भो देशका लागि त्यो बलत्कारी
त्यसैले त उसलाई सिमा तारौं जस्तै लाग्छ,

पराहिको हित्मा बोल्ने आफनै सन्तान हुँदा
त्यो दलालिलाइ निचोरेर मारौ जस्तै लाग्छ,


प्रतिक्रिया दिनुहोस्