ओ साथी,तिमी कहाँ हराएको ? कविता

D.B. सर्वश्रेष्ठ


बादल भित्र निसासिएर
छट्पटी भएको बेला,
तिमी आएको पल
म कहाँ भुल्न सक्छु र ?

ओ साथी ?
त्यो रात
उज्यालो प्रकाश बोकेर ,
लिन्ठीङ लिन्ठिङ गर्दै
मेरो दलिनमा आएको,
म कहाँ भुल्न सक्छु र ?

ओ साथी ?
मेरो सुन्दर सपनाको खेतीमा,
बनमाराका अनकान्टार
जंगार, बिचारका हतियारले
धस्त बनाएर ,
सपना फुलाउन माली
बनेर आएको,
म कहाँ भुल्न सक्छु र१

ओ साथी ,
तिमी जहाँ भए पनि
म आज सम्झिरहेको छु,
पल पलका कुरा
तिम्रो सुन्दर सपना,
तर तिमी आज
अफ्ट्यारोमा छौ ?
तिमिलाइ थोरै
भए नि सयोग गर्न मन छ ?
तिमी सगै उकालो
ओरालो हिड्ने मन छ ?
त्यो देश खाने
धमिरालाइ
जलाउ मन छ ,
ओ साथी तिमी कहाँ
हराएको ? म सम्झिरहेको छु
तिमिलाइ ?
कहाँ भुल्न सक्छु र मरु


प्रतिक्रिया दिनुहोस्