देश खोस्न कोहि आउँछ भने । यहीँ माटोमा मर्न तयार छ

सर्वश्रेष्ठ

मेरो पुर्खाले पनि
साइला कामीले
आगोमा खेल्दै कमाएको
सिरुपाते खुकुरी बोकेर
लखेटेको सम्झना ताजै छ
याद रहोस
देश खोस्न कोहि आउँछ भने
आगो संग खेल्न तयार छ
यहि माटोमा मर्न तयार छ

तोप गोली त
के कुरा भो
तिम्रो मिसाइल बन्द गर्न
हामी संग पुर्खाले छोडेको
साहास छ ।
तिमी त कायर हौ
तिमिले जितेको कुनै
इतिहास छ रुरुरु
छि …छि …छि… ?
लिपुलेक र लिम्पियाधुरा
तिमिले बनाएको नक्सा भित्र
अटाएको देख्दा लाज लाग्छ
तिम्रो देश बचाउन
यहि माटोले जन्माएका
सपूतहरु
फलामे पिलर बनेर
उभिएका छन्
याद रहोस्
हाम्रो भुमी फिर्ता गर
नत्र आगो संग खेल्न तयार छ
यहि माटोमा मर्न तयार छ।

तिमिलाइ आगो सल्काउन
धेरै पर बस्नु पर्दैन
तिमिले बोकाएको बम
मेरो देशको सपूतहरु संग छ
पास्कितान र कस्मिरको
सिमानामा छ
याद रहोस्
देश खोस्न कोहि आउँछ भने
आगो संग खेल्न तयार छ
यहि माटोमा मर्न तयार छ

तिमिले बनाएका
लेन्डुपे एजेन्डहरुको
आसै नगरे हुन्छ
रास्ट्रबादी आगोले
खरानी बन्ने छन् तिनी
तिम्रा हनुमान संग त के
तिमी संग मुकाबिल्ला गर्न
तयार छन्
याद रहोस्
सिरुपाते खुकुरी
कमाउन तयार छन् यहाँ
बिदेशीका दलाल लखेट्दै
हाम्रो माटो बचाउन तयार छन
याद रहोस्
देश खोस्न कोहि आउँछ भने
आगो संग खेल्न तयार छ
यहि माटोमा मर्न तयार छ।
सर्वश्रेष्ठ


प्रतिक्रिया दिनुहोस्