नेशनल मेडिकल कलेजले विद्यार्थीको आन्दोलनमा गरेको हस्तक्षेपको छानबिन गर्न नौ विद्यार्थी संगठनले गरे सरकार संग माग काठमाडौं, १० कार्तिक चिकित्सा शिक्षा अध्यान गरिरहेका विद्यार्थीहरु सँग मापदण्ड बिपरित मेडिकल कलेजहरुले शुल्क लिएको भन्दै नेसनल मेडिकल कलेजमा भएको आन्दोलनमा कलेज संचालकले गुन्डा लगाएर आफुहरु माथी कुटपिट गरेको आन्दोलनरत विद्यार्थीहरुले आरोप लगाएपछि घटनाको सत्यतथ्य छानबिन गर्न प्रतिपक्ष दलका नौ विद्यार्थी संगठनहरुले सरकार सँग माग गरेका छन। सनिवार एक बिज्ञप्ति जारी गर्दै नौ विद्यार्थी संगठनहरुले घटनाको निष्पक्ष छानबिन गरेर दोषी माथी कार्वाही गर्न पनि माग गरेका छन। बिज्ञप्तिमा नेपाल विद्यार्थी संघको तर्फबाट नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाह, अखिल नेपाल विद्यार्थी युनियन अध्यक्ष प्रवीण मिश्र,अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी,अनेरास्ववियु पाँचौका अध्यक्ष घनश्याम मिश्र,समाजबादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायन श्रेष्ठ,राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष चिरञ्जीवी यादव,नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पा,अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल र राष्ट्रवादी विद्यार्थी संघका संयोजक अनुप लामिछानेको हस्ताक्षर रहेको छ। नौ विद्यार्थी संगठनको सयुक्त प्रेस बिज्ञप्तिमा अवैधानिक रुपमा विद्यार्थी सँग लिएको शुल्क तत्काल ब्याज सहित विद्यार्थी फिर्ता गर्न कलेज संचालकहरुलाई आग्रह गरिएको छ। केही दिन अघि निजि कलेज संचालक,सरकार र बिश्वबिद्धालयका उपकुलपतिको मिलेमतोमा भएको विद्यार्थी मारा कदम प्रती गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरिएको छ।नेपाल सरकारको नीति नियमको परिधिभित्र रहि मेडिकल कलेज संचालन गर्न नसक्ने भए ॠण र चुक्ता पुँजीको मुल्यांकन गरि देशभरीका मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्न पनि माग गरीएको छ।
नेशनल मेडिकल कलेजले विद्यार्थीको आन्दोलनमा गरेको हस्तक्षेपको छानबिन गर्न नौ विद्यार्थी संगठनले गरे सरकार संग माग