गाई काटेको अभियोगमा ३ जना पक्राउ ,

चितवन, १४ असोज / कालिका नगरपालिका-३ जनप्रिय टोल बस्ने ३५ वर्षीया निरमाया तामाङ समेत ३ जनालाई गाई काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा गाई काटीरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पदमपुरबाट खटिएको प्रहरीले २ सय केजी गाईको मासु र ४ थान चक्कु सहित उनीहरुलाई पक्राउ गरेको हो ।

फाईल तस्विर

घटनामा संलग्न हाल फरार अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्