आउ साथी समिपमा तिमी संगै भुली दिन्छु : D.B सर्वश्रेष्ठ
आउ साथी समिपमा तिमी सगै भुली दिन्छु
दुखियाको आगनीमा तिमी सगै फुलि दिन्छु
बादलुको घुम्टो भित्र अल्झिएर निसासिदा
हावा बनी क्षितिजमा तिमी संगै डुलि दिन्छु
निमुखाको जिन्दगीमा अधेरीको रात हुँदा
पुणिमाको जुन बनी तिमी सगै खुली दिन्छु
स्पर्शले सजिएका सपनाको दियो बल्दा
बर्गिय मायाको जालो तिमी संगै बुनि दिन्छु
कवि तथा सहित्यकार : D.B सर्वश्रेष्ठ