स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री शिक्षण अस्पतालमा प्रकाशित मिति : 11 September, 2019 11:05 am काठमाडौं भदौ २५ / सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किएका प्रधानमन्त्री ओली साधारण फलोअपका लागि बुधबार बिहान शिक्षण अस्पाल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेको हो । फाईल तस्विर ‘सिंगापुरबाट फर्किएपछि सामान्य फलोअपका लागि प्रधानमन्त्री अस्पताल पुग्नुभएको हो अहिले बालुवाटार फर्किसकेर पार्टी बैठकहरुमा सक्रिय हुनुहुन्छ, । सिंगापुरमा प्लाज्मा फेरिसस प्रक्रियाबाट उपचार गराएपछि प्रधानमन्त्रीलाई केही दिनका लागि एन्टिबायोटिक चलाइएको र त्यसले सामान्य कमजोरी महसुस गराउने उनी निकट स्रोतले बताएको छ।