अस्पतालभित्रै मिर्गौलाको धन्दा प्रकाशित मिति : 4 September, 2019 10:54 am काठमाडौं भदौ १८ / निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कैको मिर्गौला झिकेर प्रत्यारोपण गराईएको तथ्य फेला फरेको छ । ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगलले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा योञ्जनको मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो । श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा कुशल र अनुभवी चिकित्सक मानिन्छ । उनले हजारौं मिर्गौला बिरामीको उपचार गरिसकेका छन् । श्रेष्ठकै नेतृत्वमा गैरकानुनी ढङ्गले मिर्गौला निकालेर र प्रत्यारोपण गरिएको छ । यसरी मिर्गौला प्रत्यारोपण गर्न निदान अस्पताल स्वयम् चर्को आर्थिक प्रलोभनमा परेको हुन सक्ने स्रोतहरुले जनाएका छन् । योञ्जनलाई मिर्गौला दिन उनका भान्जा सञ्जीव घिसिङ तयार पारिएका थिए । तर, मिर्गौला तस्कर र निदान अस्पतालका केही चिकित्सकको मिलेमतोमा परिवारभन्दा बाहिरका अर्कै व्यक्तिको मिर्गौला झिकिएको थियो । नातेदारभन्दा बाहिरका व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नु गैरकानुनी हो । यो समाचार अन्नपूर्ण पोष्टमा छ ।