राज्यले रेशम चौधरीमाथि अन्याय गर्‍यो:मोहन वैद्य

काठमाडौं भदौ १३ नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्यले अन्याय गरेको बताएका छन् ।टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने औंल्याए । थारु समुदाय सामन्तवाद, सुदूरपश्चिम र मधेसीको चुपुवामा परेको उनले बताएका छन् । टीकापुर घटनाको अर्को दिन थारु समुदायमाथि राज्यले निर्मम दमन गरेको भए पनि त्यसबारे कसैले नबोलेको क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यको भनाइ छ ।

७ भदौमा टीकापुरमा भएको थरुहट सम्मेलनबाट फर्किएका वैद्यले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बैद्यले भने, ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु नै गलत हो ।’
उनले वर्तमान सरकारले कम्युनिष्टको बद्नाम मात्र गरेको भन्दै टिप्पणी गरेका छन् ।सरकारको परराष्ट्र र कूटनीतिक सम्बन्ध अपारदर्शी र शंकास्पद रहेको उनले आरोप लगाए । अमेरिकाको इण्डो प्यासिफिक अन्तर्गत सैन्य साझेदारी रणनीतिमा वर्तमान सरकारको भूमिका शंकास्पद देखिएको वैद्यको आरोप थियो ।


प्रतिक्रिया दिनुहोस्