सीके राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु प्रकाशित मिति : 14 August, 2019 11:36 am काठमाडौं साउन २९ / विखण्डनवादी राजनीति छाडेर मूलधारमा आएका जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त सीके राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको छ । सप्तरी क्षेत्र नम्बर–१ बाट निर्वा्चित समाजवादी पार्टीका सांसद डा। सूर्यनारायण यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको हो । स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पहलमा सांसद डा। यादवलाई राजीनामा गर्न लगाएर सीके राउतलाई संसद्मा ल्याउन पहल सुरु भएको हो । सांसद डा। यादवले सोमबार नै सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाइसकेका छन् । यद्यपि, राजीनामा स्वीकृत हुन बाँकी छ । आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएको सांसद डा। यादवले बताए पनि भित्री योजना सीके राउतलाई सांसद बनाउने योजना रहेको स्रोतको दाबी छ । उनले आफूलाई डाइबिटिज बढेको र पछिल्लो समय स्ट्रेस पनि बढेकाले राजीनामा दिएको बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।