काठमाडौंमा २५औं विश्व आदिवासी दिवस भब्यताकासाथ मनाउदै (फोटो सहित) प्रकाशित मिति : 9 August, 2019 4:18 pm अरुण पोष्ट काठमाडौं साउन २४ / नेपाल आदिवासी जनजातिहरुले दुई दशकदेखि एकीकृत रुपमा मनाउँदै आएको २५औं विश्व आदिवासी दिवस मनाउदै छन् आदिवासी आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामको नेतृत्वमा काठमाडौंको माइतीघर मण्डलामै आन्दोलन स्वरुप विश्व आदिवासी दिवस मनाइँदैछ । महासंघले संविधान संशोधनको नारासहित आन्दोलन गरिरहेको छ । लोकसेवा आयोगले संविधान विपरीत आरक्षणको व्यवस्था उपेक्षा गरेपछि सो विरुद्ध आन्दोलन सुरु गरेको महासंघले यस वर्ष आरक्षण बचाऔ आन्दोलनकै स्वरुपमा विश्व आदिवासी दिवस मनाउन लागेको हो । सोहि आन्दोलमा पुर्व प्रधानमन्त्रि डाक्टर बाबुराम भट्टराई लगायत भिविन्न संघसंस्थाका विशिष्ट व्याक्ति हरु उपस्थित थिए । प्रत्येक अगस्ट ९ मा बिश्वभर रहेका आदिवासीहरूले एकसाथ मनाउने बिश्व आदिवासी दिवस बिभिन्न कार्यक्रम गरि बिश्वभर मनाइदैछ । नेपालमा पनि बिबिध कार्यक्रम गरि मनाइदै छ । पहिचान, संघीयता, धर्मनिरपेक्षता हाम्रो अभियान, २५ औं बिश्व आदिवासी जनजातिहरूको पहिचान; भन्ने मूल नाराका साथ २५ औँ बिश्व आदिवासी दिवस भब्यताका साथ मनाउन लागिएको