आकाशमै यात्रु बेहोस भए प्रकाशित मिति : 5 August, 2019 3:54 pm काठमाडौं साउन २० / बुद्ध एयरको एटीआर विमान नेपालगन्जबाट काठमाडौँतिर उडिरहेको बेला । नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा रहेको थियो । जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए । जहाजको मध्यभागमा एक यात्रु एक्कासी बेहोस भएपछि खैलाबैला भएको थियो । १३ नम्बरको सिटमा बसिरहेका ती यात्रु थिए, सुर्खेतका ६० वर्षीय तप्तबहादुर विष्ट जो पूर्वराज्यमन्त्री पनि हुन् । छेउछाउका मान्छे चिच्याएपछि एयरहोस्टेस कृति त्यहाँ पुगिन् । मुखबाट बान्ता निस्किएको अवस्थामा विष्ट सिटमै बेहोस भएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।