प्रहरी हिरासतबाट तीन जना फरार 0 Shares २०७६ काठमाडौं असार २४ प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा हिरासतबाट फरार भएका छन्। विभिन्न मुद्दामा पक्राउ परेका उनीहरु सोमबार राति फरार भएको मट्रो प्रहरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरेका छन्। उनले भने, ‘मलाई पनि त्यस्तै खबर आएको, विस्तृत विवरण भने आइसकेको छैन्।’ फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।