साहसी पाईलट महिलाको कथा

काठमाण्डौ असार ४/ यदि भगवानले पृथ्वी बनाएको हो भने, उनले स्वर्ग चाहिँ नेपाललाई दिएछन् । होइन त रु ऊ त्यो पर देखिएको चाहिँ स्वर्ग हो,’ हेलिकप्टर उडाउँदै गरेकी प्रिया अधिकारीले हामीतर्फ फर्किएर भनिन् ।

प्रियाले हेलिकप्टरको ककपिटबाट देखिएका अग्ला अग्ला चुचुरातर्फ औँल्याएकी थिइन् । ती चुचुराबीचमा विश्वको अग्लो शिखर सगरमाथासमेत थियो ।

‘तपाईंले कहिले हिमाल चढ्नुभएको छ एक यात्रुले प्रियालाई सोधे ।

‘म हिमाल चढ्दिनँ, त्यहाँ हेलिकप्टर ओराल्छु, मुसुक्क हाँसेर उनले भनिन् ।

प्रिया नेपालको पर्वतारोही उद्धार गर्ने एक मात्र महिला हेलिकप्टर पाइटल हुन् । यात्रुलाई अझ स्पष्ट पार्ने हिसाबमा उनले भनिन्, ‘मैले हिमालमा यति धेरै मृत्यु र क्षति देखेको छु, यही कारणले मलाई हिमाल चढ्ने कुनै रुचि नभएको होला ।’

तर उनका पेसामा अफ्ठ्याराहरु नभएको होइन ।

पर्वतारोहीको उद्धार गर्ने भएकाले कैयौँ अफ्ठ्यारा त यसै नि छन् । त्यसमाथि पुरुषको पेसा मानिने पर्वतारोही उद्धारकर्ममा एक मात्र महिला हुनु झन् छुट्टै समस्याहरु थपेका छन् । यसबारे सोध्दा उनले भनिन्, ‘प्रत्येक दिनजसो अफ्ठ्यारा भोग्नुपर्छ । मैले त्यस्ता समस्या त लाखौँ भोगिसकेँ ।’

महिलाले घरव्यवहार सम्हालेर बसून् भनेर चाहने नेपाली समाजमा घरबाहिरको काम, अझ त्यो पनि पुरुषको बाहुल्य रहेको पेसामा रहँदा उनले विभिन्न बाधा अड्चन बेहोर्नुपर्ने कुरा पहिले स्वीकारेकी छिन् ।

उनले अहिले अँगालेको पेसा विगतमा उनले लिएको बाटोभन्दा आकाश पतालको फरक छ । कुनै समय उनी मिस नेपाल सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धी थिइन् ।

उनी नियमित जसो पर्यटन उडान भर्ने वा चिकित्सकीय सामग्रीलाई देशको दुरदराज क्षेत्रमा पु¥याउने गर्छिन् । तर यी उडानबीच उनलाई जुन समय हिमालयका आरोहणका क्रममा घाइते ट्रेकरको उद्धारमा बोलाइन सक्छ ।

जीवित आरोहीका लागि मात्र होइन, हिमाल आरोहणका क्रममा मृत्यु भएर जमेको शवलाई हटाउन पनि उनलाई बोलाइन्छ । हिमालमा हराएका कैयौँ वर्षपछि भेटिएका शरीर पनि जमेको अवस्थामा भेटिन्छ ।

हालै उनले सन् २००६ मा मरेका एउटा शेर्पाको शरीर भेटेको घटना हामीलाई बताइन् ।

अधिकारी सन् २०१६ मा सगरमाथामा मरेकी अस्ट्रेलियन मरिया स्ट्रिडमको शरीर तल ल्याउनमा पनि संलग्न थिइन् ।

उनलाई स्मरण आउनेमध्ये एउटा उद्धारको घटना उनले बताइन् । त्यसमा उनले १६ वर्षे अस्ट्रेलियन किशोरीलाई खुम्बु क्षेत्रबाट उद्धार गरेकी थिइन् । किशोरीलाई भेट्दा उनी गम्भीर खालको लेक लागेर अत्यन्त दयनीय अवस्थामा थिइन् ।

समुन्द्र सतहभन्दा ४००० मिटरमाथि किशोरीलाई हेलिकप्टरमा चढाइरहँदा उनी एकदमै गाह्रोसँग श्वास फेरिरहेकी थिइन् । त्यो देखेपछि उनले किशोरीलाई आफ्नो अक्सिजन दिइन् ।

‘उनलाई हेर्दा मेरो मन भरिएर आयो । यी भर्खर १६ वर्षकी केटीलाई जीवन के हो भन्ने पनि थाहा छैन तर यिनी यहाँ बाँच्नका लागि सङ्घर्ष गरिरहेकी छिन् । त्यो मेरा लागि एकदम भावनात्मक क्षण थियो,’ घटना स्मरण गर्दै प्रियाले भनिन् ।

घरकी जिम्मेवार छोरी, आकाशकी स्वच्छन्द रानी
घरमा हुँदा अधिकारी बिहानको ५ बजे उठ्छिन् । त्यसपछि उनी आफ्नो पिताका लागि खाना र कामका लागि तयारी गर्न एकै पटक थाल्छिन् ।
धेरै नेपाली युवतीले अभिभावकप्रतिको कर्तव्यबोधले यो काम गर्ने गर्छन् । ६ बज्दासम्म उनी खाना पकाएर, अन्य तयारी पनि सकेर विमानस्थलका लागि निस्किन्छिन् ।

त्यहाँ उनी आफ्ना पुरुष कर्मचारीसँग वातारवण अवस्था, दिनको उडान सङ्ख्या र उडानसम्बन्धी छलफलमा सहभागी हुन्छिन् ।

सुदूरस्थानमा हेलिकप्टर अवतरण हुँदा पर्ने आवश्यक मर्मतको उनी आफै गर्छिन् । त्यसमा हेलिकप्टरमा इन्धनको जारबाट इन्धन हाल्नेदेखि आवश्यक पर्दा हेलिकप्टरमाथि चढेर त्यसको पङ्खा हातैले जाँच गर्छिन् ।

आवश्यक पर्दा कहिलेकाँही उनी आफ्ना यात्रुको लगेजलाई बोकेर हेलिकप्टरबाट झारिदिने गर्छन् ।

नेपाली उड्डयन क्षेत्रको सुरक्षा मामिलामा हेलचक्राइँको अवस्था

नेपालको पर्वतारोहण बचाउ व्यवसाय हालैको एउटा भ्रष्टाचार काण्डपछि विवादमा तानियो ।

‘नक्कली बचाउ’ काण्ड भनिएको त्यसमा केही ट्रेकिङ कम्पनी, अस्पताल र उड्डयन कम्पनी मिलेर बिमा ठगीमा संलग्न भएको पाइयो ।

तिनले आवश्यक नभएको बेला पनि पर्यटकलाई बचाउ हेलिकप्टर बोलाउन लगाएको र त्यसमार्फत बिमा सुविधा उपभोग गरेको पाइयो ।

त्यसमार्फत नेपाली उडयन व्यवसायलाई नै अन्तराष्ट्रियरूपमा बदनाम गराएको उक्त घटनाको आलोचना गर्न डराउदिनन् ।

उनी आफै भने विमान सुरक्षामा भएको हेलचक्र्याइँका कारण भएको एउटा दुर्घटनामा परेकी छिन् । यस वर्षको सुरुमा अवतरणको क्रममा एउटा विमानले लुक्ला विमानस्थलमा रोकिराखेको उनको हेलिकप्टरलाई ठक्कर थियो ।

घटना विश्वभरी समाचार बन्यो । घटनाको फुटेज पनि बाहिरिएको छ, जसमा विमानस्थलको छोटो धावनमार्गबाट बाहिर गएर विमानले रोकिराखेको दुई हेलिकप्टरमा ठक्कर दिएको देखिन्छ ।

ठक्करको समयमा उनी हेलिकप्टरको ककपिटमा कफी खाँदै बसिरहेकी थिइन् । उनले ठक्करको धक्का महसुस गरिन् तर उनलाई कुनै चोट पटक लागेन । तर दुर्भाग्यवश दुघर्टनामा तीन जनाको मृत्यु भयो ।

तर त्यसको भोलिपल्टै सोही विमान कम्पनीको जहाज उक्त विमानस्थलमा देख्दा उनलाई दिक्क लागेको थियो ।

तर पनि नेपालमा विश्वमै उडानसम्बन्धी ठूल ठूला रेकर्ड बन्न क्रम जारी छ ।

हालसम्म विश्वको सबैभन्दा अग्लो स्थानमा रेकर्ड गरिएको हेलिकप्टर वचाउ अभियान नेपालमा ७,०१० मिटर उचाइमा गरिएको थियो । यति उचाइमा बचाउ अभियान सञ्चालन गर्ने पाइलटलाई ठूलो विशेषज्ञता आवश्यक पर्छ ।

यही वर्षको सुरुमा एक पाइलटलाई एक जना हराइरहेका पर्वतारोहीकी श्रीमतीले ७५०० देखि ७७०० मिटरको उचाइमा खोज र बचाउन अभियान सञ्चालन गर्न पैसा तिरेकी थिइन् । पर्वतारोहीको बिमा गरिएको कम्पनीले हेलिकप्टर पठाउन अस्वीकार गरेपछि उनकी श्रीमतीले अलग व्यवस्था गरेकी थिइन् ।

वचाउका लागि हेलिकप्टर पाइलटले हेलिकप्टर निर्माता र नेपालको उड्यन कानुनले सुरक्षित भनेको भन्दा पनि उचाइमा हेलिकप्टर ओरालेका थिए । तर हराइरहेका पर्वतरोही उद्धार भएकाले उक्त अभियान सफल भयो ।

सगरमाथामा ट्राफिक जाम र जीवनको जोखिम
यस पटकको सगरमाथा चढ्ने सिजनमा शिखरमा पर्वतारोहीको भीड लागेको खबर विश्वभरी छायो । आरोहणको क्रममा ११ पर्वतारोहीले ज्यान गुमाए । त्यसमा शिखरमा लागेको भीडले पनि भूमिका खेलेको धेरै विज्ञले बताए ।

प्रियाले कहिलेकाहीँ उच्च जोखिमको अवस्था रहेको तर कसैको ज्यान बचाउनै पर्ने अवस्थामा जोखिम उठाउने नउठाउने बारे धेरै सोच्नुपर्ने अवस्था आउने बताइन् ।

‘कोही मानिस हिमालमाथि मर्ने अवस्था छ तर मौसम चुनौतीपूर्ण छ भन्ने खबर पाउँदा निर्णय लिन गाह्रो हुन्छ,’ उनले बताइन् ।

मसँगको कुराकानी क्रममा हेलिकप्टरमा इन्धन भर्नुपर्ने भयो । उनले सगरमाथा प्रस्ट देखिने स्थानमा हेलिकप्टर रोकिन् । हेलिकप्टरबाट होर्लिएर केही अघि बढेपछि उनले मतर्फ हातले इसारा गरिन् ।

म उनको छेउ पुगेपछि उनले भनिन्, ‘एउटा गाउँमा पुग्दा एक जना पुरुषले मलाई यो उपहार दिएका थिए’, यार्साको एउटा टुक्रा देखाउँदै उनले भनिन् । यो बहुमूल्य हिमाली वनस्पतीको मूल्य किलोको डेड लाख अमेरिकी डलर छ ।

यो विशेष उपहार उनलाई एउटा विशेष सन्देशसहित दिइएको थियो ।

‘दिने व्यक्तिले मलाई तपार्इंको उडान सधैँ सुरक्षित होस् भन्दै दिएका थिए ।’एजेन्सी

                                                                                                            

प्रतिक्रिया दिनुहोस्