सुवास नेम्वाङ बने एमाले संसदीय दलको उपनेता काठमाडौं,२१ चैत / एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् । एमाले संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता बनाएको हो ।