तीन जना युवा नेताले छोडे कमल थापाको राप्रपा प्रकाशित मिति : 24 February, 2019 6:13 pm काठमाडौं / कमल थापा नेतृत्वको राप्रपाको भातृी संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका तीन जना केन्द्रिय सदस्यले पार्टि परित्यागको घोषणा गरेका छन् । पार्टि परित्याग गर्नेमा केन्द्रिय सदस्य दिपक बिष्ट, केशव चन्द, साजन मल्ल रहेका छन् । कमल थापाले पार्टि एकिकरण गर्न सहि कदम नलिएको र पर्टिका ययुवाहरुको भबिष्यमाथी खेलवाड गरेको आरोप लगाएका छन् । पार्टी परित्याग गरेका सबै केही दिनमा राप्रपा संयुक्तमा प्रवेशको तयारीमा रहेको बुझिएको छ । राष्ट्रिय प्रजातान्त्रिक यूवक संगठन सुदुरपश्चिम प्रदेशको सह संयोजक समेत रहेका बिष्टले पार्टि एकिकरण भई बैकल्पीक प्रजातान्त्रिक शक्ती हुनुपर्छ भन्ने पक्षमा रहेको जयन्त चन्दको समुहलाई सहयोग गर्ने र सोहि समुहसँग छलफल गरेर अगाडी बढ्दै जाने अरुण पोष्टलाई जानकारी दिए । यस अघि राप्रपाका महामन्त्रीजयन्त चन्द सहित २२ जनाले पार्टी परित्यागको घोषणा गरेका थिए।कमल थापासँग एकीकरणबारे सहमति हुन नसकेपछि डा प्रकाशचन्द्र लोहनी नेतृत्वको तत्कालीन एकीकृत राप्रपा राष्ट्रवादी र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबीच एकता भएर राप्रपा संयुक्त घोषणा भएको थियो । यी पार्टीबीच गत माघ १८ मा एकता घोषणा भएको थियो ।