नेपाल टेलिकमको टेलिफोनमा समस्या काठमाडौं / नेपाल टेलिकमको मोबाइल सेवामा समस्या आएको छ। लतिलतपुरको जावलाखेलबाट सुन्धारा आउने अप्टीकल ब्रेक भएकाले मोबाइल टेलिफोन सेवामा समस्या आएको टेलिकम स्रोतले जनाएको छ। ‘ यो समस्या करिब दुई बजेबाट देखिएको हो’, स्रोतका आनुसर , ‘ जावलाखेलबाट सुन्धारा जोडिने फाइबर ब्रेक भएकाले समस्या आएको छ।’ यसको समधानका लागि अहिले काम भइरहेको टेलिकमका सह-प्रवक्ता सोभन अधिकारीले बताए। ‘समस्याको मूख्य कारण के हो भन्ने आधिकारिक सूचना आएको छैन’, अधिकारी भन्छन्, ‘अहिले टेक्निकल टीम यसमा लागिरहेको र चाँडै समस्या समधान हुनेछ।’