विप्लवको अदालतमा १ हजार मुद्धा काठमाडौँ / विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा १ हजार मुद्दा दर्ता भएको जनाएको छ । । सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेनलगायत रहेका छन् । तीमध्ये ८ सय मुद्दा टुंग्याइसकिएको उक्त पार्टीले जनाएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ