२८ हजार डलरसहित २ जना यूबा समातिए रसुवा / काठमाडौंबाट रसुवागढीतर्फ बा १ य १४४६ नम्बरको स्कार्पिमा जाँदै गरेका २ जना यूबा मोटो परिमाणको अमेरिकी डलरसहित पक्राउ परेका छन् । आज २८ हजार ६ सय अमेरिकी डलरसहित २ जना युवकलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट रसुवागढी जाँदै गरेको स्कार्पियोलाई सडकमा चेकजाँच गर्नेक्रममा प्रहरीले युवकलाई रकमसहित पक्राउ गरेको हो ।रसुवा प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–७, टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट गुजरा नगरपालिका–९, सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकासप्रसाद चौधरी रहेका छन् । प्रहरीका अनुसार युवक गोसाइँकुण्ड गाउँपालिका–६, त्रिशुली खोलाबाट आज बिहान करिब ९ बजेतिर पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई राजस्व अनुसन्धानमा बुझाइने जिल्लाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जनकारी दिए । प्रहरीले पक्राउ परेका युवक अवैध सुन खरिदका लागि रकम बोकेर चीनतर्फ जाँदै गरेको अनुमान गरेको छ ।