विवाह मण्डपमा बस्दाको दीपिका र रणवीर फोटो सार्वजनिक 0 Shares एजेन्सी । बलिउडका चर्चित स्टार जोडी दीपिका पादुकोण र रणवीर सिंह सोमबार विवाह बन्धनमा बाँधिएका छन् । इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा भएको एक समारोहमा उनीहरुले कोंकणी परम्परा अनुसार लगनगाँठो बाँधेका हुन् नवविवाहित जोडीको विवाहस्थलको तस्बिर प्रशंसकहरुले निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका बेला दीपिका आफैंले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाह मण्डपको फोटो सार्वजनिक गरेकी छन् । यो जोडीको अन्तिम तस्वीर यी दुई इटाली प्रस्थान गर्दै गर्दाको मात्र देखिएको थियो । उक्त तस्विरमा उनीहरु दुवै जना सेतो पहिरनमा देखिएका थिए । त्यसयता उनीहरु विवाह मण्डपमा बसेको एउटा पनि तस्विर बाहिर आएको थिएन् । बिहीबार मात्र उनीहरुको विवाह मण्डपमा बसेको तस्बिर सार्वजनिक भएको हो । विवाहको बाँकी विधि अथवा विवाहस्थलको तस्विर वा जानकारी बाहिर ल्याउन यो जोडीले अत्यन्त गोप्यता अपनाएको थियो । विवाहमा दुलाहा दुलहीले आमन्त्रीत गरेका केही चुनिएका आफन्तजन र मित्रहरु सहभागी थिए ।