प्रहरीलाई १ हजार घूस दिने पक्राउ

काठमाडौँ /  काठमाडौं महानगरपालिका–१० स्थित बुद्धनगरचोकमा सवारीसाधन जाँच गर्ने क्रममा घूस दिने बा २ ख ८१२९ नम्बरको मिनिट्रक चालक जितबहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

चालकले मिनिट्रको कागजपत्र नभएको भनी प्रहरीलाई नगद रु १ हजार रुपियाँ घूस दिएकाले निज तामाङलाई महानगरीय प्रहरी वृत बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्