राति १० बजेसम्म देउसीभैलो खेल्न आग्रह बाँके, / जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी राति १० बजेसम्म देउसीभैलो खेल्न र राति ९ बजेसम्म मात्र मदिरा किनबेच गर्न सम्बन्धीत सबैमा आग्रह गरिएको छ । कार्यालयले आज सार्वजनिक सूचना प्रकाशित गरी सो आग्रह गर्नुभएको हो । चाडबाडका बेला गुणस्तरहीन सामान बेचेमा, जुवातास खेल्ने खेलाउने कार्य गरेमा, ठगी गरेमा, खाद्यवस्तुको अभाव सिर्जना गरिएको पाइएमा त्यस्ता व्यक्ति वा संस्थालाई कानुनी कारवाही गरिने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले बताउनुभयो । यस्तो कार्य कसैले गरेको पाइएमा नजिकको प्रहरी वा स्थानीय प्रशासन कार्यालयमा खबर गर्न सबैमा आग्रह गरिएको उहाँले बताउनुभयो । रासस