हुम्लामा कात्तिक महिनामै हिमपात, तापक्रम माइनसमा

हुम्ला, /   हुम्ला जिल्लामा कात्तिक महिनामै हिमपात सुरू भएको छ । आइतबार बिहानबाट हिमपात सुरू भएको हुम्लामा अहिले तापक्रम माइनसमा झरेको छ । आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ ।

 

यसअघिका वर्षहरुमा पौष महिनाबाट हिमपात सुरु हुने भएपनि यस वर्ष कात्तिकमै हिमपात हुन थालेको छ । आज बिहान ७ बजेबाट हुम्लामा हिमपात हुन थालेको हो ।

आज बिहानबाट हिमपात सुरू भएपछि हुम्लामा चिसो बढ्दै गएको छ । कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने सिमकोट निवासी कमल भण्डारीले बताए । उनी जस्तै हुम्लाका किसान यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण चिन्तित बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्