कांग्रेसको चियापान : गृहमन्त्रीलाई नारायणकाजीको ‘जय नेपाल’ प्रकाशित मिति : 3 November, 2018 9:04 am काठमाडौं / नेपाली कांग्रेसले शुक्रबार सानेपामा आयोजना गरेको चियापानमा सहभागी हुन साढे ३ बजेतिर पुगेका गृहमन्त्री रामबहादुर थापालाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जय नेपाल शब्दले स्वागत गरे । कार्यक्रमबाट विदा हुनै लागेका बेला गृहमन्त्री थापा पुगेपछि श्रेष्ठले स्वागत गर्ने क्रममा यस्तो सम्बोधन गरेका हुन् । त्यसलगत्तै श्रेष्ठले पत्रकारहरूसँग भने, यस्ता कार्यक्रमहरूले सहमति, सहकार्य र आपसी एकता मजबुत बनाउँछ।’ चियापानको दृश्य हेर्दा लाग्थ्यो सहमति, सहकार्य र एकताको नारालाई जोडतोडलका साथ उठाउने गरेको कांग्रेस र अन्य शक्तिहरूबीच दह्रै सहमति र एकता हुँदैछ । त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि दलबीचको एकता र सहकार्यबाट मुलुकमा शन्ति स्थापना भएको, संविधान जारी भएको र मुलुक संघीयतामा प्रवेश गरेको सम्झना गरे। त्यसपछि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति र एकताको चाबी सत्तापक्षकै हातमा रहेको भन्दै उसले चाहे सहकार्यको सम्भावना रहेको प्रतिक्रिया दिए । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।