प्रधानमन्त्रीको स्वास्थ्य : शरीर सुनिनएको छ, अनुहार र छाती रातो छ प्रकाशित मिति : 30 October, 2018 6:51 am काठमाडौँ / छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको छ । दसैँको टिकाको दिनदेखि बिरामी परेका प्रधानमन्त्रीलाई सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । सेन्टरका निर्देशक प्रा. डा उत्तमकृष्ण श्रेष्ठले श्वासनलीमा भएको संक्रमणलाई मिर्गौलासम्म पुग्न नदिन चिकित्सकहरुले प्रयास गरिरहेको बताए । दसैँको भिडभाडकै कारण मौसमी फ्लुको संक्रमण भएका प्रधानमन्त्रीलाई निजी चिकित्सक डा. दिलीप शर्माले घरमानै उपचार गरेका थिए ।तर, रगतमा सुगरको मात्रा बढेपछि त्यसलाई नियन्त्रण गर्न असफल भर्ना गरियो । प्रधानमन्त्रीको शरीर दुई दिनदेखि सुन्निएको छ । गाला, अनुहार र छाती रातो भएको छ । उनीमा स्वाइनफ्लु नगेटिभ छ । ज्वरो भने आएको छैन । स्वासनलीमा संक्रमण देखिएपनि फोक्सो, मुटु र मिर्गौलासम्म पुगेको छैन । उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले पनि प्रधानमन्त्रीको मुटु र मिर्गौलामा समस्या नरहेको बताएका छन् । आजको नयाँ पत्रिका दैनिकले समाचार छापिएको छ ।