भारतमा कार ट्रकसँग ठोकियो, चार नेपालीको मृत्यु, तीन घाइ काठमाडौँ / भारतको आजमगढ–गोरखपुर मुख्य मार्गमा तिब्र गतिको कार रोकिरहेको ट्रकमा ठोक्किदा चार नेपालीको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। आजमगढ-गोरखपुर मुख्य मार्गस्थित जीयनपुर कोतवाली क्षेत्रको रजादेपुर भन्ने स्थानमा आइतबार राति उक्त दुर्घटना भएको हो। सबै गोरखपुरबाट कार रिजर्भ गरेर वाराणसी भन्ने स्थानमा जाँदै थिए। उनीहरु कासी विश्नाथ मन्दिर दर्शनपछि चेन्नई जाने तयारमा थिए। मृतकको पहिचान पासर्पोटका आधारमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटना बारे परिवारलाई जानकारी गराएर मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ। काठमाडौँको चाहबेल निवासी नविन श्रेष्ठ, उनका आमा बाबु, पत्नी र परिवारका अन्य सदस्य सहित आइतबार काठमाडौँबाट गोरखपुर पुगेका थिए। मृत्यु हुनेमा कारमा सवार नवीन श्रेष्ठ, उनका पिता र पत्नी तथा अन्य एक सदस्यको ज्यान गएको छ। दुर्घटनामा गम्भिर घाइते भएका शकुंतला, राम कुमारी र ड्राइभर विजयको आजमगठ जिल्ला अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कार अनियन्त्रित हुँदा रोकिराखेको ट्रकको पछाडि घुसेको थियो। घटनापछि चालक ट्रक लिएर भागेका थिए तर उनको ट्रकको नम्बर प्लेट भने खसेको थियो।