निर्मलाका हत्यारालाई राजनीतिक संरक्षण, उम्काउने कोशिसमा सरकार – देउवा

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई उम्काउने कोशिस सरकारले गरेको  आरोप लगाएका छन् ।

बलात्कार जस्तो जघन्य अपराधमा संलग्न कुनै पनि व्यक्ति राजनीतिक संरक्षणमा उम्कन नहुने भन्दै उनले कांग्रेसले त्यसविरुद्ध निरन्तर खबरदारी गर्ने बताए । तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा शनिबार सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले अपराधीलाई कारवाही गर्नको सट्टा सरकारले संरक्षण गरेको बताए ।पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले मुलुकमा हत्या हिंसाका घटना बढ्दै गएको र अपराधीलाई संरक्षण गर्ने सरकारको कार्यशैलीले दण्डहिनता बढाएको दाबीसमेत गरे ।

सभापति देउवाले विभिन्न कालखण्डमा मुलुकमा भएका राजनीतिक परिवर्तनमा तरुण दलको विशेष योगदान रहेको स्मरण गर्दै भावी दिनमा पनि देशको जिम्मेवारी काँधमा लिन तयार रहन निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस्