किन गरे बाबुरामले नेकपाको चियापान बहिस्कार ? प्रकाशित मिति : 27 October, 2018 10:59 am काठमाडौं / नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेकपाको चियापान कार्यक्रम बहिस्कार गर्ने सामाजिक सञ्जाल ट्वीटरमार्फत घोषणा गरेका छन् । भट्टराईले भनेका छन्, ‘गरीब देशको सर्वहारावर्गको दुहाई दिने पार्टीले ५० हजारलाई भोज खुवाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि रु त्यसैले म आउन सकिनँ, जय होस् । चियापान समारोहमा आफू सहभागि नहुने घोषणा गरेका भट्टराईले सामाजिक सञ्जालमार्फत नै शुभकामना भने दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले ५० हजारलाई भोज खुवाई नेकपाले फजुल खर्ग गरेको टिप्पणी गरेका छन । एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रण पत्र प्राप्त भएको भन्दै भट्टराईले ‘एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद, धन्यबाद सहित सुभकामना समेत दिएका छन् । नेकपाले शनिबार राजधानीमा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेकपाले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो । पार्टी एकतापछि पहिलोपटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चियापान कार्यक्रमको आयोजना भएको हो । भृकुटीमण्डपस्थित बगैँचामा गर्न लागिएको चियापानमा पार्टीले करीब ५० हजारलाई निम्ता गरेको छ भने करीब ३५ हजार सहभागी हुने अनुमान गरिएको छ ।