राजमार्ग पुनर्निर्माणका लागि जापानकाे १ अर्ब अनुदान काठमाडौं / ७२ सालकाे भूकम्पबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि जापानले नेपाल सरकारलाई १ अर्ब ८ करोड रुपैयाँ अनुदान दिएकाे छ । अर्थमन्त्रालयमा अाज (बिहीबार) साे सहयाेगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएकाे छ । नेपालकाे तर्फबाट अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र जापानकाे तर्फबाट नेपालका लागि राजदूत मिसामिची साइगोले साे सम्झाैतामा हस्ताक्षर गरेका हुन् । राजदूत मिसामिचीले जापानले नेपाललाई विगतदेखि नै ठूलाे अार्थिक-प्राविधिक सहयाेग गर्दै अाएकाे बताउँदै याे अनुदान रकम पनि हालसम्मकै सबैभन्दा ठूलोमध्येको एक रहेकाे बताए । जापान सरकारकै सहयाेगमा बनेकाे बिपी राजमार्गकाे कुल लम्बार्इ १६० किलोमिटर रहेकाे छ । काभ्रेको बनेपाबाट सिन्धुलीको बर्दिबाससम्म जोड्ने यस राजमार्गमा ०७२ सालकाे भूकम्पपछि सवारी अावागमनमा समस्या हुँदै अाएकाे छ ।